Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुनावमा एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्ने अवस्था आउँछ : माधव नेपाल

चुनावमा एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्ने अवस्था आउँछ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १७:२१:४३ बजे
  • 2.1K
    SHARES
  • चुनावमा एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्ने अवस्था आउँछ : माधव नेपाल

     नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएर छाड्ने बताएका छन् ।

    images

    हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अब ओलीलाई आफूहरुले धक्का दिँदै जाने बताएका हुन् । उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठुलो धक्का भोगिसकेको पनि बताए ।

    “कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ,” नेपालले भने,“हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन् ।

    नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेट गर्दै यस्तो भनेका हुन् । एमाले आगामी चुनावमा कमजोर बन्ने नेपालको भनाइ थियो ।

    “एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् ।

    हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरु र हामीमा के फरक ?” उनले भने ।

    एकीकृत समाजवादीले युवा र महिलाहरुलाई नेतृत्वमा ल्याउने नेपापको भनाइ थियो । नेतृत्व लिनका लागि युवा र महिलाहरुलाई आह्वान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology