Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलाको अध्यक्षमा रमेश सुवेदी

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलाको अध्यक्षमा रमेश सुवेदी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • २२:२४:०९ बजे
  • 1.4K
    SHARES
  • एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलाको अध्यक्षमा रमेश सुवेदी

    एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ ।  परिषद्ले रमेश सुवेदीको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी निर्वाचित गरेको छ । 

    images

    वरिष्ठ उपाध्यक्षमा  गणेश गिरि, उपाध्यक्ष  ख बहादुर किसान,महिला उपाध्यक्ष विष्णु माया रोका, सचीव वीर बहादुर तरामी, सहसचिव सन्तोष गिरि, अर्थ सचीव बलिभद्र गौतम रहनु भएको छ । 

    माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिक,  एकीकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष होमनाथ पाण्डे, प्रदेश सदस्य गौदेवी पुर्जा, शिक्षक महासंघ म्याग्दीका सहअध्यक्ष कृष्णलाल सापकोटा र माओवादी पालिका अध्यक्ष याम रोका उपस्थित रहेको थियो । 

    त्यस्तै यु कुमारी गिरि रोकाको अध्यक्षतामा १७ सदस्यीय महिला बिभाग गठन भएको छ । भने बिष्णुमाया रोकाको अध्यक्षतामा बाल शिक्षक बिभाग र गौमती रोकाको अध्यक्षतामा कर्मचारी बिभाग तथा इन्चार्ज र सह-इन्चार्जमागम बहादुर खत्री , महेन्द्र के.सीले जिम्मेवारी पाउनु भएको छ । 

    d1.jpg

    त्यस्तै :  एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ ।  परिषद्ले नेत्र सुवेदीको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी निर्वाचित गरेको छ । 


    उपाध्यक्षमा प्रकाश बुढाथोकी , सचीवमा रुपेश सुवेदी , कोषाध्यक्ष सरस्वती नेपाली र सहसचिवमा न्याउलीमाया छन्त्याल रहनु भएको छ । 


    संगठनका जिल्ला प्रतिनिधि चुडामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको परिषदमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य खुमनाथ सुवेदी, किरण थापा, रिमप्रकाश थापा, खम बहादुर थापा र भेष गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology