Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अब सरकारमा सहभागी हुन बाटो खुल्यो : रामकुमारी झाँक्री

अब सरकारमा सहभागी हुन बाटो खुल्यो : रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:२०:३२ बजे
  • 862
    SHARES
  • अब सरकारमा सहभागी हुन बाटो खुल्यो : रामकुमारी झाँक्री

    नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब सरकारमा सहभागी हुन बाटो खोलिएको धारणा राखेकी छन् ।

    images

    शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि सरकारमा जाने बाटो खुला भएको उनले धारणा राखिन् ।

    उनले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन ।

    मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’

    त्यसो भए अब कहिले सरकारमा सहभागी हुनुहुन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् ।

    नेतृ झाँक्रीले पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी विषयमा पार्टी अघि बढ्ने पनि बताइन् ।

    साथै, प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने पनि उनको भनाइ छ ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology