Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

७ उपाध्यक्ष राख्नुपर्नेदेखि माओवादी नेताको जिम्मेवारी नखोस्नुपर्नेसम्म :एमाले टोली नेताको सुझाव

७ उपाध्यक्ष राख्नुपर्नेदेखि माओवादी नेताको जिम्मेवारी नखोस्नुपर्नेसम्म :एमाले टोली नेताको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:२४:१८ बजे
  • 706
    SHARES
  • ७ उपाध्यक्ष राख्नुपर्नेदेखि माओवादी नेताको जिम्मेवारी नखोस्नुपर्नेसम्म :एमाले टोली नेताको सुझाव

    अहिले ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमालेको केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकमा सात प्रादेशिक इन्चार्जका ७ टोली नेता र अन्य ३ गरि १० टोली नेतामध्ये धेरैले आफ्नो टोलीको तर्फबाट सुझाव राखिसकेका छन् भने बाँकी टोली नेताले सुझाव राख्ने क्रम जारी छ ।

    images

    हालसम्मका टोली नेताले राखेको सुझावभित्र सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ७ उपाध्यक्ष हुनुपर्ने, अनुशासन पालना गर्नुपर्ने, ७० वर्षे उमेर हद हटाउने कि राख्ने भन्नेबारेमा स्पष्ट धारणा बन्नुपर्ने सुझावमा उल्लेख गरेका छन् ।

    हेरौँ, कुन प्रदेशका नेता टोलीले के भने : प्रदेश १ प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष राख्नुपर्ने सुझाव राखेका छन् । यसैगरी २२५ भन्दा बढी सदस्य रेहेको केन्द्रीय कमिटी बनाउनुपर्छ भन्ने उनको राय छ ।

    संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न आवश्यक रहेको उनले भनेका छन् ।

    लुम्बिनी प्रदेश बैठकमा लुम्बिनी प्रदेश समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुने सुझाव राखेका छन् ।

    पार्टीमा ७० वर्षीय उमेर हद हटाउनुपर्ने र राख्नुपर्ने भन्ने दुवै मत गम्भीरतापूर्वक लिनुपर्ने उनले सुझाव राखेका छन् । पार्टीको सदस्यता पाउन कम्तिमा एक वर्ष जनसंगठनमा काम गरेको हुनुपर्ने उनले सुझावमा उल्लेख गरेका छन् ।

    बागमती प्रदेश बागमती प्रदेशका टोली नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्छ र सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्नुपर्ने सुझाव राखेका छन् ।

    पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजानुपर्ने र आगामी निर्वाचनलाई ध्यानमा राखेर जानुपर्ने उनले सुझाव राखेका छन् । अहिलेसम्म तीनवटै सरकारले गरेका राम्रो कामलाई जनतासम्म लिएर अगाडि बढ्नुपर्ने पनि उनले सुझाव राखेका छन् ।

    यसैगरी पार्टी अनुशासनलगायतका विषयमा ध्यान दिनुपर्ने, मेहनत गर्ने कार्यकर्ताको मूल्यांकन नगरेर अरुले नै अवसर पाउने परिपाटीको अन्त्य गरिनुपर्ने, फौजदारी अभियोग लागेर कारवाही भोगेको व्यक्तिलाई जिम्मेवारी दिन नहुने उनको सुझाव छ । अन्य टोली नेताहरुले आफ्ना सुझावहरु राखिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology