Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीका ४ गाउँपालिकामा कांग्रेस नेतृत्व सर्वसम्मत

म्याग्दीका ४ गाउँपालिकामा कांग्रेस नेतृत्व सर्वसम्मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:२६:०२ बजे
  • 850
    SHARES
  • म्याग्दीका ४ गाउँपालिकामा कांग्रेस नेतृत्व सर्वसम्मत

    नेपाली कांग्रेस म्याग्दीको गाउँपालिका र नगरपालिकाको अधिवेशनबाट चार वटा गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन गरिएको छ भने एक नगरपालिका र एक गाउँपालिकामा निर्वाचान भएको छ । शनिबार भएको अधिवेशनमा मालिका, मंगला, धवलागिरी र रघुगंगा गाउँपालिकामा सर्बसम्मत नेतृत्व टुंग्याइएको छ ।

    images

    कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुसार मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन सहित कार्यसमितिको उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिवमा तारा रोका र वीरेन्द्र किसान, सह–सचिव श्यामबहादुर बुढाथोकी, सह–सचिवमा अमृत सापकोटा चयन भएका छन् ।

    मंगला गाउँपालिकाको सभापतिमा नरसिङ केसी चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको अधिवेशनबाट कार्यसमितिको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएका छन् ।धवलागिरी गाउँपालिकाको सभातिमा प्रेम पुन चयन भएका छन् ।

    कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा चयन भएका छन् । त्यस्तै रघुगां गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा रहेका छन् ।

    कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल र देउप्रसाद पुन ,सचिवममा सिताकुमारी खड्का सुवेदी ,मोहन तिलिजा र खिमबहादुर फगामी ,सह–सचिवमा भिमहादुर कार्की ,रिति थजाली तथा कोषाध्यक्षमा ओमकुमारी फगामी चयन भएको वडा नम्बर ६ का वडा सभापति भेषकुमार शेरपुञ्जाले जानकारी दिए ।

    अन्नपुर्ण गाउँपालिकामा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व गरिएको छ । अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा एक मतले विजयी भएका छन् ।

    निर्वाचित क्याप्टेन तिलिजाले ५७ मत पाएका छन् भने उनका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरे । एक सय १७ मत खसेको मध्य दुई मत बदर भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकरी दिए ।

    अन्य पदाधिकारीमा भने सर्बसम्मत चयन भएका छन् ।उपसभापतिमा राजेश तिलिजा रअर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी र ललिता तिलिजा, सह–सचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन भएका छन् । सभापतिमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

    त्यस्तै बेनी नगरमा पनि अधिवेशन सुरु भएको छ । नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन ।

    पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने सर्बसम्मत चयन भएका छन् ।सहमतिको प्रयास असफल भएपछि जिसस सभाहलमा १० असोज विहान ८ बजेदेखि मतदान सुरु हुने मतदान अधिकृत केशव प्रसाद रेग्मीले जानकारी दिए । source : news24 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology