Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बहिनी ब’ला त्का र गर्ने युवकलाई भारतमा फाँसीको सजाय

बहिनी ब’ला त्का र गर्ने युवकलाई भारतमा फाँसीको सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:३१:५४ बजे
  • 1.3K
    SHARES
  • बहिनी ब’ला त्का र गर्ने युवकलाई भारतमा फाँसीको सजाय

    आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ’त्यु द ण्ड)को सजाय दिइएको छ ।

    images

    भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’ला त्का र गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्यु द ण्ड को सजाय सुनाएको हो ।

    चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए ।

    गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

    "ह त्या पछि तालिवानले शव सार्वजनिक स्थानमा झुण्ड्यायो"

    afgan.JPG
    एजेन्सी । अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ।

    अफगानिस्तानको दक्षिणी शहर हेरातमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरमा झुण्ड्याइएको एशोसियटेड प्रेसले जनाएको छ ।

    हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।

    तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताएका थिए। त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो।

    अमेरिकाले शरीरका अंग काट्नेसहितका सजायको घोषणा तालिबानले गरेपछि त्यसको निन्दा गरेको थियो।

    अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रुपमा यसलाई प्रयोग गरिएको थिएन। मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन।

    तालिबानले हत्या गरिएका चारजनाको शव सहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको स्थानीय बासिन्दाले बताएका छन ।

    गग अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएको थियो। अहिले तालिबानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको एशोसिएटेड प्रेसले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # भारतमा फाँसीको सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology