Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खासामा रोकिए दशैँका सामान

खासामा रोकिए दशैँका सामान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:३६:५३ बजे
  • 1.2K
    SHARES
  • खासामा रोकिए दशैँका सामान

    दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्।

    images

    चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्। चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।

    दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो।

    सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology