Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्दै

आज एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:४०:५० बजे
  • 1.4K
    SHARES
  • आज  एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्दै

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

    images

    बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ ।

    आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि जवाफ दिने सचिवालयले जनाएको छ ।

    यसअघि हिजो सम्पन्न बैठकमा १० समूहका नेताहरूले प्रतिवेदनमाथि आफ्ना सुझाब दिएका थिए । उनीहरूले सातजना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाब दिएका छन् ।

    विधान संशोधन प्रस्तावमा भने तीनजना मात्र उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।

    पार्टी अध्यक्षमा ओली दोहोरिँदा नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतलाई व्यवस्थापन गर्न उपाध्यक्ष थप्नुपर्ने सुझाब आएको छ ।

    नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology