Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न

कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०८:४४:०६ बजे
  • 556
    SHARES
  • कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न

    नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ ।

    images

    वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन ।

    निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक रहेका छन् ।

    निर्वाचन समितिका अनुसार जुम्लामा आइतबार र नवलपुर, गुल्मी, बर्दिया र ललितपुरमा आगामी सोमबार पालिका स्तरको निर्वाचन हुनेछ । काठमाडौँमा असोज १६ गतेका लागि तय गरिएको छ । बाँकी तीन जिल्लाको मिति तय भएको छैन ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology