Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गुल्मी धुर्कोट गाउँपालिका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

गुल्मी धुर्कोट गाउँपालिका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • ०९:५२:०६ बजे
  • 712
    SHARES
  • गुल्मी धुर्कोट गाउँपालिका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

    गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images

    त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।

    त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए ।

    उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, गाउँ कमिटी स्तरका एमाले कार्यकर्ता वासुदेव घिमिरे लगायत प्रवेश गरेका थिए ।

    एमाले अध्यक्ष केपी ओलीले छँदा छँदैको दुई तिहाइ बहुमत भएको नेकपा फुटाएको , दुई दुई पटक सांसद विगठन गरेर लोकतन्त्र खोस्न खोजेको र आफ्नै एमाले पार्टी जोगाउन नसकेर फुटाएको आरोप लगाउँदै उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

    यता नेकपा एमाले धुर्कोट गाउँ कमिटी अध्यक्ष कृष्ण घिमिरेले वासुदेव घिमिरे एमाले कार्यकर्ता भएको तर अरूलाई आफूले नचिनेको प्रतिक्रिया दिए ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology