Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ काँग्रेसमा मतदापत्रमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

लमजुङ काँग्रेसमा मतदापत्रमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७८ आइतवार • १४:०१:३५ बजे
  • 943
    SHARES
  • लमजुङ काँग्रेसमा मतदापत्रमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

    लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ ।

    images

     

    ​नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।

    उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।

    कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो, उनले भने मतपत्रमा काेलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि हामीले मतदान रोक्न लगायौँ ।

    पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम भएको बताए । आफू जित सुनिश्चित भएका कारण पार्टीका केही स्वार्थीले यस्तो षड्यन्त्र रहेको आरोप पौडेलको छ ।

    मैले विद्यार्थी राजनीति हुँदै स्थानीय स्तरमा राजनीति गर्दै आएकाले मेरो लोकप्रियतासँग अत्तालिएर केही षड्यन्त्रकारीले योजनाबद्धरुपमा हराउने योजना बनाए, उनले भने, मेरो जित सुनिश्चित थियो ।

    त्यसैले कसरी हराउने भनेर योजनाबद्ध षड्यन्त्र रचियो। उमेदवार पौडेलले योजनाबद्ध षड्यन्त्र गरिएको भन्दै नेता कार्यकर्ताले विरोधमा उत्रिएर मतपत्र जलाइदिएको पौडेलले बताए ।

    निर्वाचन अधिकृत दिनेश चिलुवालले निर्वाचन सुरु भएको दश मिनेटमा मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया अगाडि बढाएको बताए ।

    उमेदवार पौडेलले मतपत्रको विषयलाई लिएर विरोध गरिएपछि मतदान स्थगित भएको निर्वाचन अधिकृत चिलुवालले बताए ।

    उनले खसेको मतपत्र र खस्न बाँकी मतपत्र सुरक्षाकर्मीको रोहवरमा जलाइएको बताए ।

    अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको चिलुवालको भनाइ छ ।

    चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

    यता जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ ।

    शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन हुनुभएको हो ।

    मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन हुनुभएका उहाँहरु यसअघि पनि सभापति हुनुहुन्थ्यो भने दूधपोखरीका सभापतिमा चयन हुनुभएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ।

    यहाँका तीन नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।

    बेँसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो ।

    कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित हुनुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology