Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली, दाहाल वारपारको लडाई,ओलीलाई कारबाही गर्ने दाहाल-नेपालको तयारी

ओली, दाहाल वारपारको लडाई,ओलीलाई कारबाही गर्ने दाहाल-नेपालको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • १६:२६:२३ बजे
  • 1.5K
    SHARES
  • ओली, दाहाल वारपारको लडाई,ओलीलाई कारबाही गर्ने दाहाल-नेपालको तयारी
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यतिवेला पानी बाराबारको अवस्था छ । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अध्यक्ष दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेसँगै प्रभावित बन्दै आएको छ । तर, उपाध्यक्ष गौतमले साउन १३ गते दाहाल नेपाल समूहले एकलौटी रुपमा राखेको स्थायी कमिटीको बैठकमा एकताको लागि भनेर ६ बुँदे प्रस्ताव अघि सारेर ओलीको राजीनामा माग्न नहुने बताएर आफूलाई ओलीको कित्तामा उभ्याएका छन् ।
    अहिले ओलीको राजीनामा माग्नेमा ९ सदस्यीय सचिवालयमा दाहालसहित वरिष्ठ नेताद्धय खनाल र नेपाल, र प्रवक्ता श्रेष्ठमात्रै छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, उपाध्यक्ष गौतम र गृहमन्त्री रामबहादुर थापा बादल उभिएका छन् । ओलीले स्थायी कमिटीको बैठक कहिले बहिष्कार गर्ने त कहिले पन्ध्र मिनेट उपस्थित् भएर छोड्नेसमेत गरेका थिए । उनले आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । र, आफूलाई हटाउनको लागि दाहाल नेपाल समूहलाई खुल्ला चूनौतिसमेत दिएका छन् ।

    साउन १३ गते यता ओली र दाहालले तीन पटकसम्म वार्ता गरे । उक्त भेटवार्तामा बरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी थिए । तर, सहमति भएको छैन् । बरु, दाहाल नेपाल समूहले काठमाडौंमा आफूहरुनिकट पत्रकारहरुलाई बोलाएर ओलीको कार्यशैलीको आलोचना गरेका थिए । नेकपानिकट उच्च स्रोतले जनाएअनुसार ओली दाहाल यतिवेला वारपारको लडाईमा छन् । दाहाल नेपाल समूहले अब एकलौटी रुपमा स्थायी कमिटीको बैठक डाक्ने र ओलीलाई दुवै पदबाट हटाउने बहुमतको निर्णय गर्ने तयारी थालेको छ । कतिसम्म भने ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने दाहाल नेपालको तयारी छ । स्थायी कमिटीमा आफ्नो समूहको बहुमत रहेको दाहाल नेपालको बुझाई छ ।

    ओलीले पार्टी फुटाउनेगरि गतिविधि गरेकोले अब चुप लागेर नबस्ने दाहाल नेपाल समूहको रणनीति छ । त्यसैअनुसार उक्त समूहले अब स्थायी कमिटीको बैठक चाँडै डाक्ने र त्यही बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी गरेको छ । दाहालले पत्रकारहरुसँगको कुराकानीमा पार्टी एकता जोगाउनको लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको भएपनि अर्को अध्यक्ष ओलीले एकता तोड्नेगरि आफूलाई सक्रिय बनाएको आरोप लगाएका थिए । दाहालले खराबभन्दा खराब स्थिति पनि आउने भन्दै तयार रहन आफूनिकट नेताहरुलाई आग्रहसमेत गरेका छन् । नेकपा फुटको संघारमा छ ।

    यसको छनक प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दाहाल नेपाल समूहका नेताहरुलाई गरेको प्रहारबाट पुष्टि हुन्छ । रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदको लाज जोगाउन नसकेको भनेर कडा टिप्प्णी गरेका थिए भने थापाले दाहाल नेपाल समूहले पार्टी फूटाउनेगरि गतिविधि गरेको र पदको भागबण्डासमेत गरेको भनेर ग्यांग अफ फोरको संज्ञा दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology