Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • १७:३४:४९ बजे
  • 493
    SHARES
  • राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    राजनीतिक दलसम्बन्धी अध्यादेश एकरदुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको हो । जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवका अनुसार शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने सहमति भएको छ ।

    ‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने । मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्‍याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत उनको भनाई छ । भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने उपेन्द्र यादव पक्षको अडान छ ।

    मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादी र जसपा तत्काल सरकारमा सहभागी नहुने स्थिति भए कांग्रेस र माओवादी केन्द्रको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गरेर अघि बढ्न खोजेका थिए ।

    आजको बैठकमा नेताहरूबीच मन्त्रालय भागबन्डा लगायतको विषयमा पनि कुराकानी भएको भन्दै भोलि नै धेरै कुरा टुंगिने नेता यादवले बताए ।

    प्रधानमन्त्रीमा असार २९ गते नियुक्त भएका देउवाले ७६ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology