Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद विघटन ठिक हो : ओली

संसद विघटन ठिक हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७८ आइतवार • १८:३७:४६ बजे
  • 934
    SHARES
  • संसद विघटन ठिक हो : ओली

     नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गरेका हुन् ।

    images

    ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’

    त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए । ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो ।

    त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ । यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए ।

     

    भीम रावल, भने– ‘समय आएपछि बोल्छु’


    नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकबाट नेता भीम रावल निस्किएका छन् । आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष रावल भने बाहिरिएका हुन् ।

    उनले प्रतिक्रिया दिन भने मानेनन् । तर, उनीनिकट एक नेताले भने अहिले उपाध्यक्ष रावल नबोलेर सहमति लागू हुन्छ कि हुन्न भन्नेमा पर्खिरहेको बताएका छन् ।

    आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकमा पनि ठोस सहमति भने भएन । तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

    एमालेमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष नेता रावल असन्तुष्ट बनेका हुन् ।

    केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन् । ‘उहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ’ एक नेताले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology