पोखरा । आज (सोमबार) अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश— २०७८ फिर्ता लिने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार उक्त अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तारका लागि माग मार्गप्रशस्त गर्ने सरकारको तयारी छ ।
सरकार जान चाहने गठबन्धनमा आबद्ध दलहरुले नै उक्त अध्यादेश पहिला फिर्ता लिन वा प्रतिस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिँदै आएका थिए ।
पछिल्लो समय यही कारणले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको बताइएको छ ।
हिजो आइतबार बसेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच यसै विषयमा बालुवाटारमै छलफल भएको थियो ।
सो पश्चात् ती दलहरूबीच उक्त अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद विस्तार चाँडै गर्ने सहमति भएको स्रोतको भनाइ छ ।