पोखरा । नेकपा माओवादी केन्द्रले तल्ला तहका सम्मेलनहरु सार्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने गरि तल्ला तहका सम्मेलन केही पर सार्ने निर्णय गरेको हो ।
कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय पालिकाको अधिवेशन गर्ने स्थायी कमिटी सदस्य देव गुरुङल बताउनुभयो ।
प्रदेश र केन्द्रको अधिवेशन चाँही नसार्ने उहाँको भनाइ छ ।
जनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठक बस्दै
आज (सोमबार) अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश— २०७८ फिर्ता लिने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार उक्त अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तारका लागि माग मार्गप्रशस्त गर्ने सरकारको तयारी छ ।
सरकार जान चाहने गठबन्धनमा आबद्ध दलहरुले नै उक्त अध्यादेश पहिला फिर्ता लिन वा प्रतिस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिँदै आएका थिए ।
पछिल्लो समय यही कारणले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको बताइएको छ ।
हिजो आइतबार बसेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच यसै विषयमा बालुवाटारमै छलफल भएको थियो ।
सो पश्चात् ती दलहरूबीच उक्त अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद विस्तार चाँडै गर्ने सहमति भएको स्रोतको भनाइ छ ।