Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेको नयाँ नारा: ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’

एमालेको नयाँ नारा: ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १६:३५:३६ बजे
  • 943
    SHARES
  • एमालेको नयाँ नारा: ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’

    प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत आज (सोमबार) बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोधलाई कायम राखेको छ ।

    images

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए ।

    आजको बैठकमा एमाले सांसदहरुले नयाँ नारा लगाएका छन् । उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका हुन् ।

    सभामुख सापकोटाले दल विभाजनमा ‘सहयोग’ गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आइरहेका छन् ।

    सोमबार (आज) भने उनीहरुले नयाँ नारा लगाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटमा सरकारले ‘लगानीमा स्रोत नखोजिने’ भनेर गरेको व्यवस्थाको एमाले सांसदहरुले विरोध जनाएका छन् ।

    एमाले सांसदहरुले सरकारले कालो धनलाई वैधानिकता दिन लगानीको स्रोत नखोजिने व्यवस्था गरेको आरोप लगाएका छन् । संसदमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक अध्यादेश २०७८ मा ‘आयकर ऐन, २०५८’ संशोधन गर्दै दफा ११ मा सुर्ती तथा मदिराजन्यबाहेकका उद्योगमा ‘लगानीको आयस्रोत खोजिनेछैन’ भन्ने व्यवस्था राखिएको छ ।

    प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बेसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो । आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

    आज बसेको प्रतिनिधिसभाको बैठक ६ मिनेटमै सकिएको छ ।

    एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित गरिएको हो । प्रतिनिधिसभामा राष्ट्रपतिको पत्र आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाए ।

    दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराए ।

    उनले राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका हुन् । अब प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology