Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १६:४२:३९ बजे
  • 1.2K
    SHARES
  • सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

     सुर्खेतमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ ।

    images

    नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।

    वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ ।

    अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेको उनले बताए । वीरेन्द्रनगरमा पार्टीका ८ सयभन्दा बढी सदस्यको सदस्यता नवीकरण गरिएको पनि उनले बताए ।

    ‘वीरेन्द्रनगरमा हाम्रो पार्टीको एक हजार ४ सय बढी सदस्यता नवीकरण गरिने अनुमान गरिएको छ ।

    २० गतेसम्म वडा तहको सम्मेलन गरिसक्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पार्टीभित्र ६ महिना देखि एक वर्षसम्मको अवधिमा साधारण सदस्यता लिएकाहरूको पनि नवीकरण गरिएको छ ।

    ’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर (सुदिप) मल्लले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी बन्ने बताए ।

    ‘अब एमाले दुई टुक्रा भइसकेको छ, काँग्रेसभित्र पनि आन्तरिक कलह छ,’ उनले भने, ‘त्यसैले माओवादी केन्द्र नै पहिलो पार्टी बन्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology