Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रावल र भट्टको जिम्मेवारी विवाद मिलाउने जिम्मा ओलीलाई

रावल र भट्टको जिम्मेवारी विवाद मिलाउने जिम्मा ओलीलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १८:४१:४४ बजे
  • 808
    SHARES
  • रावल र भट्टको जिम्मेवारी विवाद मिलाउने जिम्मा ओलीलाई

     नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    images

    स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने बताए ।

    रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने उनको भनाई छ ।

    रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको बताए । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए ।

    गुरुले सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्नेगरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएको बतााए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # रावल र भट्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology