Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीलाई ६ मन्त्रालय, विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी

एकीकृत समाजवादीलाई ६ मन्त्रालय, विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १८:४६:५५ बजे
  • 1.4K
    SHARES
  • एकीकृत समाजवादीलाई ६ मन्त्रालय, विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी

    नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ ।

    images

    एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।

    एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् ।

    यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।

    यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ ।

    कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको ती नेताले बताए । आज बस्ने मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी गरेको छ ।

    खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology