Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा उडेको बुद्ध एयरको अर्को जहाज पनि ककपिटमा धुवाँ देखिएपछि काठमाडौं फिर्ता

पोखरा उडेको बुद्ध एयरको अर्को जहाज पनि ककपिटमा धुवाँ देखिएपछि काठमाडौं फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १९:०७:३० बजे
  • 2.2K
    SHARES
  • पोखरा उडेको बुद्ध एयरको अर्को जहाज पनि ककपिटमा धुवाँ देखिएपछि काठमाडौं फिर्ता

     विराटनगर उडेको बुद्ध एयरको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै सफल अवतरण भएको दिन सोमबार नै पोखरा उडेको जहाज पनि काठमाण्डौ फिर्ता भएको छ ।

    images

    ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको हो ।

    बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

    जहाज गोरखाको मनकामनामाथि पुग्दा प्राविधिक समस्या देखिएको इन्डिकेटरमा देखिएपछि काठमाडौं फर्किएको थियो । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा आइसकेको छ ।

    ककपिटमा धुँवा देखिएपछि जहाज फिर्ता भएको जनाइएको छ । बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।

    बुद्ध एयरको समस्या यो पहिलो भने होइन । गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

    काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो ।

    विमानस्थलका अनुसार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६स् ३० बजे काठमाडौं अवतरण भएको थियो ।

    ११ साउनमै काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि आकमिस्क अवतरण गराइएको थियो ।

  • सम्बन्धित विषय:

  • # पोखरा उडेको बुद्ध एयर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology