Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने माओवादीको तयारी

यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने माओवादीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १९:१२:४७ बजे
  • 1.6K
    SHARES
  • यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने माओवादीको तयारी

     नेकपा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

    images

    माओवादीे केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने तयारी गरेको छ । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् ।

    माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ । एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् ।

    एक स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा छन् । उनी लगभग मन्त्री हुने निश्चित भइसकेको छ । त्यस्तै माओवादीबाट अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई सरकारमा पठाउने तयारी रहेको छ ।

    सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने भएकाले सुदन किराती, महेश्वर गहतराज ‘अथक’लाई पनि मन्त्री बनाउने माओवादीको तयारी छ ।

    यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङ हुन सक्नेछन् ।

    राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएमा मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology