Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता , यस्ता छन्, बैठकको निर्णयहरु :

मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता , यस्ता छन्, बैठकको निर्णयहरु :

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७८ सोमवार • १९:३६:४५ बजे
  • 1.5K
    SHARES
  • मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता , यस्ता छन्, बैठकको निर्णयहरु :

    पोखरा । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरिरहेको छ ।

    images

     

    साँझ ४ : ४५ देखि ५ : ४५ बजेसम्म भएका निर्णयहरुमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता, सार्वजनिक पदधारण गरेको व्यक्तिको सपथ ग्रहणदेखि गोरखापत्र संस्थानको अध्यक्षमा बिष्णु प्रसाद सुबेदीलाई पठाउनेसम्मका निर्णयहरु भएका छन् ।

    बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उम्र्जामन्त्री पम्फा भुषाल, मुख्य सचीव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थिति रहेको थियो ।

    यस्ता छन्, बैठकको निर्णयहरु :

    १। राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णयसहित राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस,

    २। सार्वजनिक पद धारण गर्ने ब्यक्तिको सपथ सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृत दिने,

    ३। रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने,

    ४। तेजाब तथा अन्य घातक रासायिनिक पदार्थको नियमनका सम्बन्धमा बनेको बिधेयकलाई संघीय संसदसमक्ष पेस गर्ने स्वीकृत दिने,

    ५। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालक सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्नुपर्ने बनेको बिधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने,

    ६। शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने र स्वीकृत दिने,

    ७।समाज कल्याण परिषदका उपाध्यक्ष श्री पद्म प्रसाद खतिवडा र कोषाध्यक्ष लोकराज सुवेदी सदस्य सचिव पुष्कर खाती र सदस्यहरु मणिराम बन्जाडे गोबिन्द बहादुर शाही ,नानीमाया थापा ,ब्रामध्वज गुरुङ र शुशिला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने,

    ८। बिपि कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।

    ९। बिष्णु प्रसाद सुबेदीलाई गोर्खापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology