Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले खारेज गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले खारेज गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १०:४८:५७ बजे
  • 1.0K
    SHARES
  • मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले खारेज गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

    images

     

    मन्त्रिपरिषदको सिफारिसमा सोमबार भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्।

    राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (२)को खण्ड (ख) बमोजिम भण्डारीले दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन्।

    दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी सरकारले गरेको थियो।

    सरकारले गत भदौ १ गते बीस प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

    अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा एमाले विभाजन गरेका थिए भने महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेका थिए।

    सरकारले संविधान अनुसार अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्न सक्छ। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिमार्फत् खारेज गराएका थिए।

    अहिले पनि सरकारले त्यसैगरी राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सिफारिस गरेको हो।

    सरकारमाथि जनता समाजवादी पार्टीले अध्यादेश फिर्ता लिन दबाब दिएको थियो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नभएको अवस्थामा सरकारमा सहभागी हुन अफ्ठ्यारो रहेको गठबन्धन बैठकमा बताउँदै आएका थिए।

    आफ्नो पार्टीबाट मन्त्री नबनाउँदा केहीले दल विभाजन गर्न सक्ने भएकाले अध्यादेश खारेज गर्नुपर्ने यादवको माग थियो।

  • सम्बन्धित विषय:

  • # अध्यादेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology