Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल संयोजक

एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल संयोजक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १०:५३:५७ बजे
  • 781
    SHARES
  • एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल संयोजक

    पोखरा । उपाध्यक्ष भीम रावललाई नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि संयोजक तोकेको छ।

    images

     

    सोमबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित सात सदस्यीय कार्यदलको संयोजकमा रावललाई तोकेको हो।

    कार्यदलमा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा स्थायी समिति सदस्यहरु लेखराज भट्ट, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन्।

    १० बुँदे सहमति अनुसार एमाले २०७५ जेठ २ को संगठनात्मक प्रणालीमा नगएको भन्दै रावलले व्यापक असन्तुष्टि जनाएका थिए।

    पार्टीको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई नै अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिएपछि रावल असन्तुष्ट बन्दै आएका थिए। रावलले १० बुँदे सहमति खारेज गरेर देखाउन ओलीलाई चुनौती समेत दिएका थिए।

    तिनै रावललाई ओलीले कार्यदल संयोजक बनाएका हुन्। त्यस्तै बैठकमा ओलीले सुदूरपश्चिम लगायतका विवाद टुंग्याउन निर्देशन दिएको एमाले प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराईले बताए।

    माओवादीबाट आएकाहरुको समेत सम्मान हुनेगरी जेठ २ लाई रचनात्मक कार्यान्वयन गरिने भट्टराईले बताए। त्यस्तै बैठकमा एकमतले विधान महाधिवेशनमा जाने सहमति भएको भट्टराईले जानकारी दिए।

    एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुँदैछ। सोमबारको स्थायी कमिटी बैठकमा पार्टीभित्र देखिएका असहमतिहरुलाई आन्तरिक रुपमै छलफल गरेर टुंगो लगाउने सहमति समेत भएको छ।

    तत्काल विवादित विषयमा बाहिर बोल्नभन्दा पनि कमिटीमै छलफल गरेर निष्कर्ष निकाल्ने नेताहरुबीच सहमति बनेको एक स्थायी कमिटी सदस्यले दावी गरे।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology