Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित महिला संगठनको अध्यक्षमा सरु सुनार

दलित महिला संगठनको अध्यक्षमा सरु सुनार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १२:२८:२१ बजे
  • 2.3K
    SHARES
  • दलित महिला संगठनको अध्यक्षमा सरु सुनार

    जातीय विभेदसँगै लैङ्गिक हिंसाविरुद्ध देशभर अभियान संचालन गर्ने उद्देश्यले दलित महिला संगठन घोषणा भएको छ । सञ्चारकर्मी, महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा उक्त संगठन घोषणा भएको हो ।

    images

    आइतबार बुटवलको मेरी गोल्ड होटेलमा भएको कार्यक्रमबाट सुनार अध्यक्षमा चयन भएकी हुन् । शनिबार र आइतबारको छलफलपछि संगठनको घोषणा भएको थियो ।

    सात वटै प्रदेश र विभिन्न जिल्लाबाट दलित महिला अधिकारकर्मीको उपस्थिती रहेको थियो । दलित महिलामाथि भइरहेका घटना, मुद्दा जातीय विभेद र हिंसामा परेका महिलाहरुको आवाज बन्ने अध्यक्ष सुनारले बताइन् ।

    उनले भनिन्, ‘जिल्लाबाट आएका क्रियाशिल महिलाहरुले अब आफ्नो मुक्ति र हिंसाको लडाइ लड्नै पर्नेछ ’ । विभिन्न जिल्लामा पुगेर हिंसामा परेर दलित महिलाका लागि अधिकारको बन्ने संगठनले दाबी गरेको छ ।

    योसँगै महिला हिंसाविरुद्ध बोल्ने बताइएको छ । संगठन देशभर विस्तार हुँदैछ । सरु सुनार थाहाअनलाईको सम्पादक पनि हुन । भने विगत लामो समय देखि दलित समुदायको हकहितमा आवाज उठाउदै आएको छिन ।

  • सम्बन्धित विषय:

  • # दलित महिला संगठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology