Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वर्षमान पुन थप उपचारका लागि बैंकक जाँदै

वर्षमान पुन थप उपचारका लागि बैंकक जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १३:२४:४७ बजे
  • 1.6K
    SHARES
  • वर्षमान पुन थप उपचारका लागि बैंकक जाँदै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहअनुसार स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि भोलि बिहान थाइल्याण्डको बैंकक जाने भएका छन् ।

    images

    जण्डिस रोगबाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्लो समय फेरि समस्या देखिएको थियो ।

    सो समस्यापछि भोमिट हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।

    अध्यक्ष प्रचण्ड सोमबार नेता पुनको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगेका थिए । जण्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष प्रचण्डले नै नेता पुनलाई बैंकक गएर थप उपचार गर्न सुझाव दिएका थिए ।

    अध्यक्ष प्रचण्डको सल्लाहअनुसार नै थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

    झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भीर विरामी परेपछि थाईल्याण्डको बु्रमुङगार्ड अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनको झण्डै एक महिना उपचार गरेपछि नेपाल ल्याईएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology