Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता :ओलीले प्रधानमन्त्रीलाई पठाए सन्देश

एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता :ओलीले प्रधानमन्त्रीलाई पठाए सन्देश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १४:४९:३५ बजे
  • 1.0K
    SHARES
  • एमाले अध्यक्ष ओली र कानुनमन्त्री कार्कीबीच भेटवार्ता :ओलीले प्रधानमन्त्रीलाई पठाए सन्देश

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

    images

     

    प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका ओलीलार्ई भेट्न मन्त्री कार्की बालकोट पुग्नुभएको थियो । भेटमा ओलीले अध्यादेश खारेजीको चर्को विरोध गर्नुभएको थियो ।

    भेटमार्फत ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक सन्देश पठाएको ओलीको सचिवालयद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

    यस्तो छ देउवालाई ओलीले पठाएको सन्देश : सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

    चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो । अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ ।

    कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

    संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो ।

    तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology