Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिका

नोभेम्बर ३ मा हुने चुनावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडनबीच प्रतिस्पर्धा हुँदै

नोभेम्बर ३ मा हुने चुनावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडनबीच प्रतिस्पर्धा हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • २०:००:२२ बजे
  • 1.8K
    SHARES
  • नोभेम्बर ३ मा हुने चुनावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडनबीच प्रतिस्पर्धा हुँदै
    एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिदै गर्दा विभिन्न देशको प्रभावका विषयमा संसारभर चर्चा परिचर्चा भइरहेको छ । आउँदो नोभेम्बर ३ तारेखमा हुने चुनावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकी एक वरिष्ठ गुप्तचर प्रमुखले चीन, रुस र इरानले यो वर्ष हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको चेतावनी दिएका छन् ।

    नेसनल काउन्टर इन्टलिजेन्स एन्ड सेक्युरिटी सेन्टर (एनसिएससी) का निर्देशक विलिअम इभानिनाले विज्ञप्ति नै जारी गरेर ती देशले मत प्रभावित गर्न गोप्य र खुला प्रभावका उपायहरू प्रयोग गरिरहेका दावी गरेका छन् । चीनले राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनुपर्छ भन्ने चाहेको छैन भने रुसले डेमोक्रयाटिक उम्मेदवार बाइडनलाई धक्का दिन खोजेको इभानिनाको दावी छ ।

    गुप्तचर प्रमुखहरूले रुसलाई सन् २०१६ को निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन्। उनीहरूका अनुसार रुसले अनलाइन माध्यमबाट मिथ्या सूचनाहरू फैलाएर ट्रम्पको निर्वाचन अभियानलाई सघाउन चाहेको दावी गरिएको छ । रुसले भने आरोपलाई अस्वीकार गरेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा चुनावी हस्तक्षेपका समाचारबारे ट्रम्पलाई प्रश्न सोधेको र उनले आफ्नो प्रशासनले निकै नजिकबाट हेरिरहेको प्रक्रिया दिएका थिए ।

    ट्रम्पले हुलाकबाट हुने मतदान जोखिमपूर्ण हुने दाबी गरिरहेका बेला यस्तो भनाइ आएको बिबिसीले जनाएको छ । ट्रम्पले 'इतिहासमै सबैभन्दा त्रुटिपूर्ण र कपटपूर्ण चुनाव' हुनुभन्दा बरु त्यसलाई पर सार्न सकिने बताउने गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, उनको भनाइको आफ्नै पार्टीभित्र पनि विरोध हुने गरेको छ ।

    Ee1nYkTX0AEVeLH.pngडेमोक्र्याटिक सांसदहरूले गुप्तचर निकायहरूले यो वर्षको चुनावमा विदेशी हस्तक्षेपबारेका सूचना जनताहरूलाई नदिएको आरोप लगाएका थिए। शुक्रवार एनसीएससीका प्रमुखले जारी गरेको विज्ञप्तिमा विदेशी राष्ट्रहरूले मतदाताका रोजाइलाई बिथोल्न खोजेको समेत उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology