Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लुम्बिनीका मुख्यमन्त्रीसमक्ष कांग्रेसको ७ बुँदे माग, के छन् ७ बुँदामा ?

लुम्बिनीका मुख्यमन्त्रीसमक्ष कांग्रेसको ७ बुँदे माग, के छन् ७ बुँदामा ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १६:४९:३४ बजे
  • 1.1K
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्रीसमक्ष कांग्रेसको ७ बुँदे माग, के छन् ७ बुँदामा ?

    रुपन्देही । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री समक्ष सात बुँदे माग राखेको छ ।

    images

     

    मंगलबार कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।

    कांग्रेसले गत भदौ १३ गते बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार पहिरोले विस्थापित भएको भन्दै उनीहरुलाई राहत प्रदान गर्न र दीर्घकालीन रुपमा समाधन गर्न, भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जनभन्दा बढी घर–परिवार घरबारविहीन बनेकालाई ध्यान दिन मुख्यमन्त्रीसमक्ष माग गरेको छ ।

    त्यसैगरी कांग्रेसले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई तीव्रता दिन, बुटवलका सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरवासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएकाले त्यसको समाधान गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    1018379441.jpg

    1018421542.jpg

     

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology