Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लगातार तेस्रो दिन पनि शेयर बजारमा पहिरो, आज ७० अङ्कले घट्यो

लगातार तेस्रो दिन पनि शेयर बजारमा पहिरो, आज ७० अङ्कले घट्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १६:५१:५७ बजे
  • 892
    SHARES
  • लगातार तेस्रो दिन पनि शेयर बजारमा पहिरो, आज ७० अङ्कले घट्यो

    पोखरा । लगातार तेस्रो दिन पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।

    images

     

    आइतबार ६१ र सोमबार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो ।

    आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।

    आज हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुराँस फाइनान्सको शेयर १० प्रतिशत घटेको छ ।

    समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology