Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारबाट लोकतन्त्र कमजोर भयो, हामी चिन्तित छौं : अध्यक्ष ओली

सरकारबाट लोकतन्त्र कमजोर भयो, हामी चिन्तित छौं : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १८:२३:२६ बजे
  • 1.7K
    SHARES
  • सरकारबाट लोकतन्त्र कमजोर भयो,  हामी चिन्तित छौं  : अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताएका छन् ।

    images

    मंगलबार (आज) सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अहिले कतिलाई हाइसन्चो छ ।

     दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं ।’ यस अगाडि उनले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति पनि जनाएका थिए ।

    अध्यक्ष ओलीले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै प्रश्न गरे, ‘यही हो अग्रगमन ?’ सरकारले गत भदौ २ मा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

    सोही आदेश अनुसार नै एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी (एस) गठन भएको छ । त्यस्तै जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।

    सरकारले उक्त अध्यादेश सोमबार (हिजो) खारेज गरिसकेको छ ।

    अध्यक्ष ओलीले संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology