एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीइ गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको बताए ।
एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताए । एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने ओलीको भनाई छ ।
संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनले बताए । ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ ।
अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ’ ओलीले भने । ‘
पहिलेको ऐन(कायम रद्द हुनेगरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।
‘अर्ली इलेक्सन’ : ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशका लागि ‘अर्ली इलेक्सन’ नै भएको बताएका छन् ।
काठमाडौँमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले ताजा जनादेशका लागि ‘अर्ली इलेक्सन’ भएको बताएका हुन् ।
“प्रतिनिधिसभा संसद् चलिरहेको छैन । निर्वाचन आवश्यक छ ताजा जनादेशमा जानुपर्छ, म अहिले पनि भन्छु ताजा जनादेश आवश्यक छ ” ओलीले भने ।
पूर्वप्रधानमन्त्री ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताए । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।