Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केन्द्रीय उपाध्यक्षले युवासंघबाट राजीनामा दिएको भोलिपल्ट एमालेका ५ केन्द्रीय युवाले दिए राजीनामा

केन्द्रीय उपाध्यक्षले युवासंघबाट राजीनामा दिएको भोलिपल्ट एमालेका ५ केन्द्रीय युवाले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • २३:१०:४५ बजे
  • 1.1K
    SHARES
  • केन्द्रीय उपाध्यक्षले युवासंघबाट राजीनामा दिएको भोलिपल्ट एमालेका ५ केन्द्रीय युवाले दिए राजीनामा

    केन्द्रीय उपाध्यक्षले युवासंघबाट राजीनामा दिएको भोलिपल्ट नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले पनि राजीनामाको घोषणा गरेका छन् ।

    images

    प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

    राजीनामामा उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् ।

    यसरी राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।

    yuba-sangh.jpg

    उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने बताएका छन् ।

    मुल नेतृत्वले एकता नेकपा हुँदाको पार्टी एकता अस्वीकार गरेर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको दावी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology