Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

होलेरी कब्जा देखी सुनवल भि’डन्त सम्म (जनयु’द्धको बिस्तृत बिवरण)

होलेरी कब्जा देखी सुनवल भि’डन्त सम्म (जनयु’द्धको बिस्तृत बिवरण)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • ०५:४२:३२ बजे
  • 4.1K
    SHARES
  • होलेरी कब्जा देखी सुनवल भि’डन्त सम्म (जनयु’द्धको बिस्तृत बिवरण)
    पालको इतिहासमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालन भएको जनयु’द्ध एक युगान्तकारी घट्नाको रुपमा चित्रित छ ।
    महान जनयु’द्धले २ सय ५० वर्ष लामो केन्द्रिकृत सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गर्न सफल भयो । संघीय लोकतान्त्रिकगणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको उच्चाभ्यासको शुरुवात भयो । करिब १७ हजारले ब’लिदान गरकोजनयु’द्धकोबारेमा जान्न आवश्यक छ । त्यसैले यहाँ जनयु’द्धका केही महत्वपूर्ण र ऐतिहासिक घट्नाहरुकोबारेमा यहाँ संक्षिप्त चर्चागरिएको छ ।
    २०५२ साल
    फागुन १ः नेकपा मा’ओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वं’स गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयु’द्धको बाटोमाअघि बढौं !’ भन्ने मूल नाराका साथ जनयु’द्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेकाचौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क क’ब्जा ।
    फागुन ६ः नेकपा मा’ओवादीका महामन्त्री क. प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती का’र्बाहीको जिम्मेवारी स्वीकार ।
    फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गो’ली हानी ह’त्या ।
    फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा ह’त्या ।
    २०५३ साल
    असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामा’र यु’द्धको विकास गरौँ १’ भन्ने मूल नारासहितजनयु’द्धको विकासको दोस्रो योजना सुरु ।
    वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृ’त्यु र दुईवटा राइफल कब्जा ।
    पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयु’द्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना ।आ’क्रमणको क्रममा सो का’र्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामा’र दिल माया योञ्जनसहित तीन छापामारको स’हादत ।
    २०५४ साल
    असारः माओवादीको केसको बैठकले ‘छापामार यु’द्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजनापारित ।
    भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्र’मण र हति’यार कब्जा ।
    माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।
    फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृ’त्यु र दुईवटा राइफल कब्जा ।
    चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृ’त्यु र एक राइफल कब्जा ।
     
    २०५५ साल
    वैशाखः तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मा’र, सबै चीज ज’लाऊ र सबै चीज लू’ट’ को किलो शेरा टू नामक क्रू’रअपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको ह’त्या ।
    भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ १’ भने मूलनारा तय ।
    कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकीकब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
    पुस १८ः २०५३ पुस १९ गतेको बेथान का’र्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्णह’तियारसहित क’ब्जा ।
    सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आ’क्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथिलुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गि’रफ्तार ।
    फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
    चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आ’गो लगाएर जिउँदै ज’लाई र गो’ली प्रहार गरी ह’त्या ।सो ब’लिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
    २०५६ साल
    वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
    जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डरनवीन गौतम र कमला शर्मालगायतलाई गि’रफ्तार गरी बे’पत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बे’पत्ता पार्न सुरु गर्यो रआजसम्म पाँच हजार बढी बे’पत्ता रहेको अवस्था ।
    जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।
    भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘क। वासु’ को गोरखामा गिरफ्तारपछि ह’त्या ।
    असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
    फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।
    चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
    चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।
    २०५७ साल
    असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
    भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा ।
    भदौ १४ः झापा महवारी इप्रका कब्जा ।
    असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा ।
    असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
    कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
    पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।
    फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वा्चित । दक्षिणएसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणकोदिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।
    चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
    चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेकोइप्रका कब्जा ।
    २०५८ साल
    जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
    जेठ १९ः दरबार ह’त्याकाण्ड, वीरेन्द्रको पूरै वंशना’स ।
    जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
    जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।
    असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।
    असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास । असार ३०ःरामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।
    साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
    साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
    साउन ४ः मा’ओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको प’तन । देउवा सरकार गठन ।
    साउन ८ः पुरानो सत्ताद्वारा यु’द्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा यु’द्ध विरामको सकारात्मक प्रत्युत्तर ।
    साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोलीकीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
    साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।
    कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
    मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहनजनसमुदायमा आग्रह ।
    मङ्सिर ८ः जनमु’क्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा। बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
    मङ्सिर ८ः जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
    मङ्सिर १०ः पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृ’त्यु ।
    मङ्सिर ११ः देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेशसाप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिर’फ्तार ।
    मङ्सिर १२ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु । जताततै गिरफ्तारी, धरपकड, ह’त्या र राज्य आत’ङ्क ।
    मङ्सिर २२ः शाहीसेना र प्रहरीको ह’त्या, गिर’फ्तारी र राज्य आत’ङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
    फागुन ४( जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृ’त्यु ।
    २०५९ साल
    वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भि’डन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टि्फिकेसनसहितबनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा ।
    जेठ ८ः मुख्यतः माओवादीविरुद्ध लगाइएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन ।मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
    जेठ १३ः जेठ ६ गते गि’रफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी ह’त्या ।
    असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा ह’त्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकतासमाजलाई पोटा ।
    असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाईव्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
    भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।
    असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
    असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
    कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
    मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैङ्क कब्जा ।
    माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मा’रिए ।
    माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
    माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादीवार्ता टोलीको घोषणा ।
    माघ २९ः यु’द्धविराम आचार संहिता जारी ।
    चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
    चैत २०ः काठमाडौँमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।
    २०६० साल
    वैशाख १४ः दोस्रो यु’द्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
    साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वाराजिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको ह’त्या एवम् शाहीसेनालाई ब्यारेकबाटपाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
    भदौ १०ः नेकपा माओवादीद्वारा यु’द्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वाराशाहीसेनाको कर्नेल किरण बस्नेतको स’फाया ।
    कात्तिक १०ः जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृ’त्यु ।
    कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।
    कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृ’त्यु ।
    कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
    कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृ’त्यु ।
    मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
    पुस २ः जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृ’त्यु ।
    पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
    माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
    माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
    माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वा्चित । सोही दिन रामचरण चौधरीकोअध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
    माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
    माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
    माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।
    माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
    फागुन १९ः जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आ’क्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
    चैत ७ः जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाहीसुरक्षाकर्मीको मृ’त्यु ।
    चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज क किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गि’रफ्तार ।
    चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
    चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।
    २०६१ साल
    वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा स’हादत ।
    जेठ ६ः डोटीको घन्टेश्वरमा जनसेना–शाहीसेना भि’डन्त । डेढ दर्जन शाहीसेनाको मृ’त्यु ।
    असार ३ः अखिल ९क्रा’न्तिकारी० द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिकोआ’तङ्ककारीको आरोप फिर्ता गराउन सफल ।
    साउन÷भदौ( माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्र’मणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापकतयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्र’मणको योजना पारित ।
    भदौ २०ः माओवादी केसद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा ह’त्या ।
    मङ्सिर १ः जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिड’न्तको भिडियो नेपाल वानटेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
    मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृ’त्यु । सबै हति’यार कब्जा ।
    मङ्सिर ५ः कैलालीको पण्डोनमा जनसेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को स’फाया । ६ थान एमः १६सहितका हतियार कब्जा ।
    मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।
    पुस ३ः काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा ।
    पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाहीसेनाको स’फाया ।
    पुस १७ः धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृ’त्यु ।
    माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ वि’रुद्ध माओवदी अध्यक्षको अपिल ।
    माघ २०(२२ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
    फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
    चैत २०(३०ः माओवादीद्वारा एघार दिने देशव्यापी आम’हड्ताल ।
    २०६२ वैशाख
    वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको स’शस्त्रको ब्यारेकमा आक्र’मण ।
    जेठ २७ः काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आ’क्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आ’क्रमण । दुबैआक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृ’त्यु ।
    असार ८ः जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृ’त्यु ।
    असार ११ः जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आ’क्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृ’त्यु ।
    साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हति’यारसहित कब्जा ।
    असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय यु’द्धविरामको घोषणा ।
    मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।
    मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्र’मणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमाहान्ने’ फौ’जी कार्यनीतिको घोषणा ।
    मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गो’ली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘क। सुनिल’ को स’हादत ।
    मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय यु’द्धविराममा एक महिना थप ।
    पुस १८ः माओवादीद्वारा यु’द्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।
    माघ १ः जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।
    माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
    माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्व’स्त ।
    माघ २७ः जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आ’क्रमण । २५ शाहीसेनाकोमृ’त्यु । भारी मात्रामा हतियार कब्जा ।
    चैत २४ः सात दल(माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।
    २०६३ साल
    वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दो’लनकारी सात दलका माग स्वीकारगरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।
    जेठ ४ः पुनस्र्था्पित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।
    जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे यु’द्धविराम आचार संहिता जारी ।
    असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।
    साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
    कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलोबैठकले गर्ने निर्णय ।
    मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृतसम्झौता, एघार बर्से माओवादी जनयु’द्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टी्भित्रैआलोचना ।
    माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
    चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।
    २०६४ साल
    साउन १८ः नेकपा माओवादीको पाँचौँ विस्तारित बैठक साउन १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमाबस्यो । जिल्ला सचिवालय सदस्यदेखि माथिकाले भाग लिएको उक्त बैठकमा माओवादी अध्यक्षले ‘नयाँ वैचारिक स्पष्टता र नयाँएकता कायम गर्न एकजुट होऔँ’ शीर्षकको २४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत ।
    उक्त दस्तावेजमाथि १९ गतेदेखि २३ गतेसम्म छलफल गरी आवश्यक संशोधनसहित पारित । उक्त बैठकले संविधानसभा निर्वाचनअगाडि गोलमेच सम्मेलन, गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जोड दिने निर्णय ।
    भदौ १ः माओवादी र सातदलका शीर्षस्थ नेताहरूबीच संयुक्त बैठक । माओवादीको संविधानसभा निर्वाचनमा जानुअगाडि नै गणतन्त्रघोषणा गर्नुपर्ने अडान ।
    भदौ ७ः माओवादी पार्टी केन्द्रद्वारा मुलुकका सबै क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा समसामयिक राजनीतिक विषयमा केन्द्रितरही बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना ।
    भदौ १६ः संविधानसभा निर्वाचन बिथोल्न अज्ञात समूहद्वारा काठमाडौँको बालाजु, सुन्धारा र त्रिपुरेश्वरमा ब’म वि’स्फोट ।
    असोज १ः सरकार, सात राजनीतिक दल गम्भीर नबनेको र आफूले अघि सारेका २२ बुँदे मागपत्र उपर कुनै सुनुवाई नभएको भन्दैमाओवादी संयुक्त सरकारबाट हटी सोही दिन खुलामञ्चमा जनसभा । शान्तिपूर्ण आन्दोलनमा अगाडि बढेको घोषणा ।
    असोज ६ः कांग्रेसको सङ्घीय गणतन्त्रमा जाने सम्बन्धमा महासमिति बैठक । उक्त बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जानेऔपचारिक निर्णय । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बिच पार्टी एकता ।
    असोज १३ः माओवादीद्वारा देशव्यापी प्रदर्शन गरे पनि देशभरका निर्वाचन कार्यालय घेराऊ गर्ने कार्यक्रम जनप्रदशर्नमा परिणत ।
    मङ्सिर १५ः राष्ट्रियता, गणतन्त्र र संविधानसभा निर्वाचनको सन्देश छर्दै योङ कम्युनिस्ट लिगद्वारा मेची–महाकाली अभियान सुरु ।
    पुस ८ः माओवादी र संसदवादी राजनीतिक दलहरूबीच विभिन्न विषयमा २३ बुँदे सहमति भयो । उक्त सहमतिअनुसार अन्तरिमसंविधान– २०६३ मा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने र यसको कार्यान्वयन चैत मसान्तभित्र हुने संविधानसभा निर्वाचनलेगर्ने निर्णय । प्रत्यक्ष निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गत २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत हुने निर्वाचनप्रणालीअन्तर्गत ३३५ सदस्य सङ्ख्या र प्रधानमन्त्रीबाट मनोनित हुने २६ सङ्ख्या किटान ।
    पुस ११ः प्रधानसेनापति रुक्माङ्गत कटुवालले पटक पटक सैनिक ‘कु’, डेमोक्रेटिक ‘कु’ आदिको धम्की दिएपछि माओवादीअध्यक्षद्वारा नेपाल लेखक सङ्घद्वारा आयोजित साहित्यिक विचार गोष्ठीमा बोल्दै सैनिक ‘कु’ गरिए जन’मुक्ति सेनाले विद्रोह गरी एके( ४७ ह’तियार बोकेर ल’ड्ने चेतावनी ।
    पुस २१ः काभ्रे जिल्लाको नमोबुद्ध फुलबारी रिसोर्टमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु ।
    पुस २७ः माओवादी, कांग्रेस र एमालेको बैठकद्वारा चैत २८ गते संविधानसभा निर्वाचन गर्ने निर्णय ।
    २०६५ साल
    वैशाख ३०ः राष्ट्राध्यक्षको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा जेठ १५ गते संविधानसभाको पहिलोबैठक आह्वान ।
    जेठ १४ः संविधानसभा सदस्यद्वारा शपथग्रहण ।
    जेठ १५ः ऐतिहासिक संविधानसभाको पहिलो बैठक, नेपाललाई औपचारिकरूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन ।
    जेठ २९ः ज्ञानेन्द्रले नारायणहिटीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागार्जुन दरबार प्रस्थान ।
    साभार rajaniti online
     

  • सम्बन्धित विषय:

  • # जनयुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology