Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित समुदायद्वारा आन्दोलनको घोषणा

दलित समुदायद्वारा आन्दोलनको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • २३:१७:४३ बजे
  • 1.3K
    SHARES
  • दलित समुदायद्वारा आन्दोलनको घोषणा

    रौतहटमा दलित तथा विपन्न समुदायले आन्दोलन घोषणा गरेका छन् । प्रदेशसभाका पूर्व सदस्य कुन्दन कुश्वाहा नेतृत्वमा दलित तथा विपन्न समुदायले आवास निर्माणको माग गर्दै जिल्ला सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् ।

    images

    लामो समयदेखि प्रदेश सरकारले बेवास्ता गरेको कारण आवास निर्माणको लागि दबाब दिन भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    दलित आवास निर्माण संघर्ष समिति रौतहटले प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

    उनीहरुले गौरस्थित सहरी विकास कार्यालय मातहत रहेको जनता आवासको कार्यालय घेराउसमेत गरेका छन् ।

    आवासको व्यवस्था हुनुपर्ने, जनसंख्याको आधारमा आरक्षण हुनुपर्ने, छुवाछुत विरोधी ऐेन पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही हुनुपर्ने, अधुरा घरको निर्माण सम्पन्न हुनुपर्ने लगायतका मागसहित उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । 

    अवसरमा प्रदेशसभाका पूर्व सदस्य कुश्वाहाले भ्रष्टाचार, अनियमितता, भेदभावले दलित समुदाय पीडित हुँदै आएको बताए ।

    दलितको उत्थानका लागि तीनै तहको सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उपेन्द्र साह, त्रिभुवन साह लगायत नेताहरूले प्रदेश सरकार र स्थानीय राजाहरूको कारण दलित तथा विपन्नको अधिकारमाथि प्रहार भइरहेको बताए ।

    दलित तथा विपन्नको समस्या समाधान नभए असोज १५ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

  • सम्बन्धित विषय:

  • # दलित समुदाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology