म्याग्दी : एक्कासी ब्रेन र आन्द्रामा रगत जम्ने समस्या देखिए पछी करिब २ महिना देखी टिचिंग अस्पताल काठमाण्डौमा उपचारर्थ वेनी नगरपालीका २ ज्यामरुककोट कि प्रतिक्षा सुबेदीको हिजो उपचारको क्रममै निधन भएको हो ।
विश्वमा लाखौ मान्छे मध्य १/२ जनामा देखिने रोग lupus बाट ग्रसित भई लामो समय देखी उपचारर्थ प्रतिक्षाको करिब १ महिना पहिला देखी एक्कासी ब्रेन र आन्द्रामा रगत जम्ने किड्नी फेल हुने जस्तो समस्या देखिएको थियो। मृतक प्रतिक्षाको उपचारको लागी देश बिदेशमा रहेका थुप्रै सहयोगी मनहरुबाट करिब १५ लाख आर्थिक सहयोग संकलन गरिएको थियो ।
पढाईमा अब्बल रेहेकी प्रतिक्षा उच्च शिक्षाका लागी जापान जाने अन्तिम तयारीमा थिईन। यसैगरी प्रतिक्षाको पार्थीब शरीरलाई हिजो नै गृह जिल्ला म्याग्दी लगिएको प्रतिेक्षा बचाउॅ अभियानका सदस्य समाजसेबी भिम बहादुर पौडेलले जानकारी दिनु भयो।