पोखरा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गर्नुभएको छ ।
अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनुहुनेछ ।
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ । अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उहाँसँग स्पष्ट बहुमत रहेको छ ।
सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् ।
मन्त्रिमण्डल विस्तार आजै ,चार दलबाट यी १६ जना बन्दैछन् मन्त्री
सरकार गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।
सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।
सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए तापनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन ।
गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन ।
सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ ।
बुधबारसम्म मन्त्रिमण्डल विस्तार हुने बताउँदै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने– ‘गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार मन्त्रीमण्डलले अब पूर्णता पाउँछ ।