Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १३:००:२० बजे
  • 919
    SHARES
  • सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

    सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।

    images

    पूर्णिमायाा लामालगयतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

    प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनवाइका लागि पेसी तोकिएको भए पनि मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

    यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो । द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

    परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट न्यायाधीश कार्कीको इजलासमा

    सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिटमाथि सुनुवाइ तोकेको छ । सर्वोच्चले न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकेको हो ।

    गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।

    कानुनी व्यवस्थाबिना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ ।

    रिटमा शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

    संसद्को अधिवेशन नभएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ६ जेठमा ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी गरे पनि संसदबाट पारित नभई स्वतः निष्क्रिय भएकाले शपथ ग्रहणको कानुनी स्रोत नभएको जिकिर गरिएको छ ।

    रिटमा कानुन विनाको शपथ कानुनी राज्यको प्रतिकूल हुने उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology