Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी सम्झौताविरुद्ध असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने

एमसीसी सम्झौताविरुद्ध असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १३:३६:४६ बजे
  • 673
    SHARES
  • एमसीसी सम्झौताविरुद्ध  असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने

    सरकारले विदेशी शक्ति केन्द्रहरुको दवावमा एमसीसी सम्झौता अनुमोदन गर्नसक्ने भन्दै आगामी असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ ।

    images

    एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।

    ‘आगामी असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डेलाबाट सुरु गरेर विरोध ¥याली संसद् भवनअघि पुगेर विरोधसभा गर्ने निर्णय भयो ।

    बैठकले यस विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरु, सङ्गठनहरू, व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय पनि गरेको छ’, बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान र राष्ट्रिय जागरण अभियान एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा समावेश हुने निर्णय समेत भएको उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology