Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री देउवाले बोलाए बैठक, मन्त्रिपरिषद विस्तारको तयारी

प्रधानमन्त्री देउवाले बोलाए बैठक, मन्त्रिपरिषद विस्तारको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १४:१०:३३ बजे
  • 778
    SHARES
  • प्रधानमन्त्री देउवाले बोलाए बैठक, मन्त्रिपरिषद विस्तारको तयारी

    प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेपछि देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

    images

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तागठबन्धनको बैठक भोलि बोलाइएको पुष्टि गरेका छन् । गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डा टुंगो लगाउने र मन्त्रिपरिषद विस्तार गर्ने निर्णय हुने सम्भावना छ ।

    भोलि नै मन्त्रालयको भागवण्डा हुने भएकाले भोलि नै मन्त्रिपरिषद विस्तारको सम्भावना भने कम छ ।

    गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकको निर्णयानुसार सरकारले दल विभाजनसम्वन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष गरिएको सिफारिस स्वीकृत भइसकेको छ ।

    नेकपा समाजवादी र जसपाको माग अनुसार सो अध्यादेश खारेज गरिएको हो । सो अध्यादेश खारेजपछि प्रधानमन्त्री देउवाले गठबन्धन दलसित मन्त्रीको नाम मागेका थिए ।

    अहिलेसम्म मन्त्रालयको नाम भागवण्डा नमिलेकाले दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

    दलहरुबीचमा पावरफूल मन्त्रालय भागवण्डामा आफ्नो दललाई पार्ने ध्यानमा दलहरु छन् । पछिल्लो समय नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका छन् ।

    त्यस्तै प्रधानमन्त्री देउवाको तर्फबाट संयोजनकारी भूमिका खेल्दै आएका महामन्त्री पूर्णबहादुर खड्का पनि बिरामी भएकाले गठबन्धनमा थप अलमलमा परेका थियो ।

    त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि मधेसतिर रहेकाले पनि बैठक बस्न सकेको थिएन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology