काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका हुन् ।न्युज २४ ले लेखेको छ ।
सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।
जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने लाईनबाट बाहिरिनु परेको हो।
यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नेछन् ।
त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ ।
उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ ।
नेकपा (एकीकृत समाजवादी) बाट रामकुमारी झाँक्री सहित अरु को को मन्त्री हुँदैछन ?
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।
सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।
एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । त्यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमगर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ ।
त्यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् । एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् ।
पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ ।
समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।