Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनियमितता भएको उजुरीपछि , प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अनियमितता भएको उजुरीपछि , प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १३, २०७८ बुधवार • १४:४३:५३ बजे
  • 1.2K
    SHARES
  • अनियमितता भएको उजुरीपछि , प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।

    images

     

    आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

    मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।

    साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।

    साइकल खरिद गर्दा गरिएका कागजात नियन्त्रणमा लिइएको छ, स्रोतले भन्यो।

     प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी 

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

    विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गर्नुभएको छ ।

    अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनुहुनेछ ।

    सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ । अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उहाँसँग स्पष्ट बहुमत रहेको छ ।

    सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology