सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएकोछ । तर, परिसूचक बढेपनि कारोबार भने घटेको छ ।
आज ५ अर्ब २ करोडमा सेयर कारोबार भएको छ । भने हिजो ५ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । तर, पनि आज सबै समूह हरियो बनेका छन् ।
बैंकिङ २०, विकास बैंक १ सय ५०, फाइनान्स १ सय ७, होटोल तथा पर्याटन ३२, जलविद्युत १ सय १७, लगानी २, जीवन बीमा २ सय १५ र उत्पादन समूह १ सय ३ अंकले बढेका छन् ।
माइक्रोफाइनान्स समूह ८८ निर्जीवन बीमा २ सय ५५ र अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेको छ । आज १ सय ७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ ।
त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो । आज धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे । ती कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
मनकामना स्मार्ट लद्युवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिसतभन्दा धेरैले बढेको छ । मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिसतले घटेको छ ।
मेगाको मूल्य पतिकित्ता ३ सय ४२ रुपैयाँ कायम भएको छ । युनिलिभर नेपालको मूल्य ३.८ प्रतिसतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको आधारमा अपि पावर अग्रस्थानमा रहेको छ । यो कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
हिमालयन डिस्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसी फाइनान्ससमेत कारोबारको आधारमा अगाडि रहेको छ ।