Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१०० रुपैयाँले घट्यो सुनको मूल्य

१०० रुपैयाँले घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १६:१८:२१ बजे
  • 1.1K
    SHARES
  • १०० रुपैयाँले घट्यो सुनको मूल्य

    आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो ।

    जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ ।

    यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

    हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो ।

    यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology