Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्मा बिहे नगरी गर्भवती

अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्मा बिहे नगरी गर्भवती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १६:३१:५० बजे
  • 1.7K
    SHARES
  • अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्मा बिहे नगरी गर्भवती

    केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । ग

    images

    त भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् ।

    फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उनको कुनै धारणा आएको छैन ।

    ०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् । अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् ।

    श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताइन् । त्यसपछि उनीहरूले सम्बन्ध बिच्छेद गरे ।

    श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गरे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाइन्– निकेश सिलवाल ।

    केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गरेकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन ।

    पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गरेकी हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology