Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस

माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १९:४८:०७ बजे
  • 700
    SHARES
  • माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस

    नेकपा (माओवादी केन्द्र) ले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित पार्न गृहकार्य सुरु गरेको छ ।

    images

    बुधबार पेरिसडाँडामा बसेको माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेसे भएको हो ।

    उक्त योजना बैठकले स्वीकार गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

    त्यस्तै विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेस गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए ।

    पार्टीको स्कुल विभागसम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेस भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।

    त्यस्तै, सरकार गठनका बारेमा गठबन्धनबीच छलफल गरेर आवश्यक निर्णयमा पुग्ने र त्यसैका आधारमा पार्टीले नाम पठाउने गुरुङले बताए ।

    गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसँग सरकारको तर्फबाट छलफल गरेर संसद्को प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

    बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छिट्टै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology