Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत-आगलागी हुँदा सात जनाकाे मृत्यु

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी हुँदा सात जनाले ज्यान गुमाए

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी हुँदा सात जनाले ज्यान गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • १०:३६:२२ बजे
  • 2.0K
    SHARES
  • भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी हुँदा सात जनाले ज्यान गुमाए
    भारत आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागी हुँदा ७ जनाले ज्यान गुमाएका छन् ।
     
    कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई राख्न एक निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आगलागी भएको हो ।

    आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताका अनुसार 'होटलमा विद्युत सर्ट भएर आगो लागेको हो' । होटलमा ४० जना रहेका बेला आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 
    घटनाको थप विवरण आउँन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology