Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७८ बिहिवार • १०:०३:४१ बजे
  • 1.3K
    SHARES
  • संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

    पोखरा । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

    images

     

    आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ ।

    संसद सचिवालयले बुधबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने जनाएको हो ।

    यस्तै बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण भएको पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ बुधबार मात्र प्रमाणिकरण गर्नु भएको हो ।

    संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गर्नुभएको हो ।

    यस्तै संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ ।

    आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

    वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology