Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७८ बिहिवार • १०:०८:२९ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

    images

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।

    आजको मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

    आजको बैठकमा सरकारका दैनिक काम कारबाहीका विषयमा छलफल हुनेछ । 

    यस्तै संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ ।

    आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

    वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।

    आज नै संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

    आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ ।

    संसद सचिवालयले बुधबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने जनाएको हो ।

    यस्तै बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण भएको पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ बुधबार मात्र प्रमाणिकरण गर्नु भएको हो ।

    संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गर्नुभएको हो ।

     

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology